ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०र८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गर्नुभएको हो ।

उहाँका अनुसार पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षणलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?