कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी ।  कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

बर्दगोरिया गाउँपालिका–४ पुरैनतालका मोहन बुचामगरको टिनले छाएको कच्चि भान्सा घरमा बिजुलीको तार सट भई उनको घरमा आएका सोही पालिकाका ४५ वर्षीय प्रशादे साउदलाई करेन्ट लागेको थियो ।

करेन्ट लागि घाइते भएका साउदको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । खबर प्राप्त हुना साथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी टोली खटिइएको छ ।

शवलाई पोष्टमाटमको लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?