सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता

Read Time = 2 mins

टोकियो । जापानमा बेपत्ता हुने व्यक्तिहरूको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको संख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा पाँच हजार ६९२ ले वृद्धि भएको देखिन्छ ।

बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ । यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशंकामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ मा तुलनात्मक तथ्यांक सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको संख्या क्रमशः बढ्दोक्रममा छ । यो संख्या एक दशकमा झण्डै दोब्बर भएको छ । तीमध्ये धेरै व्यक्ति डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो ।

स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शंका लागेका मानिसहरूका परिवारका सदस्यलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?