पितृ सम्मान गरिने स्रोहश्राद्ध आजदेखि सुरु (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पितृ सम्मान गरिने स्रोहश्राद्ध सुरु भएको छ । भाद्र १६ आइतबार (आज)बाट १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिन सुरु भएको हो । यस अवधिलाई पितृ पक्ष भनिन्छ । श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरिन्छ । यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिन्छ । अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ ।

पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर हामीबाट पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा उनीहरूसँग क्षमा माग्ने प्रचलन हो श्राद्ध पक्ष । श्राद्ध पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशा गरी बसेका हुन्छन् भन्ने मान्यता छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुने गर्दछ ।

https://youtu.be/4rLTFzZXSXk

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?