राष्ट्रपतिको स्वास्थ्यमा पुनः समस्या, अस्पताल भर्ना

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको हो ।

मुटुमा समस्या देखिएपछि पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार उहाँलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ । राष्ट्रपति कार्यालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन ।

उहाकोँ गत मंगलबार मात्र शहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एक दिन अस्पताल भर्ना भएर राष्ट्रपति पौडेल बुधबार ‘डिस्चार्ज’ हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?