जोडेको दिनमा मात्रै बत्ती बल्यो, भोली पल्ट पुरानै अवस्थामा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकामा करोडौं रुपैयाको लगानीमा राखिएको हाइमस्ट लाईटमा घोटाला भएको पाइएको छ ।

वढैयाताल गाँउपालिकाको कार्यालय मैनापोखरमा राखिएको हाइमस्ट लाईट तेस्रो दिन देखि बल्न छोडेपछि वास्तविकता बाहिर आएको हो ।
पालिकाले जमुनी, सितलावजार, मैनापोखर र भोलागौडिमा गरी चार स्थानमा हाइमस्ट लाईट राखेको छ । ति मध्ये मैनापोखरको लाईट राखेको २ दिनमै विग्रिएको बढैयाताल गाउँपालिकाका सूचनाअधिकारी कमल खड्का थोकिले बताउनु भयो । त्यसको मर्मत कार्य जारी रहेको उहाँले बताउनु भयो ।

पालिकाका अध्यक्ष हिमालय त्रिपाठी, प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडि र इन्जिनियर केशव पौडेलको मिलेमतोमा कमसल सामाग्रीको प्रयोग गरी निर्माण गरिएको हाइमस्ट लाईट खरिद प्रकृयामै घोटाला भएको हुन सक्ने स्थानियवासीहरुले बताएका छन् ।

जडान भएको २ दिनमै विग्रीएपछि यसको विषयमा सोधिखोजी हुन आवश्यक भएको उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले बताउनु भयो । लाखौं रुपैया खर्च गरेर बनाइएको हाइमस्ट लाईटले एक रात बजार उज्यालो देखियो दोस्रो दिन फेरी पुरानै सैलीमा आएका कारण सामानको गुणस्तरमाथि प्रश्न चिन्ह खडा भएको लामिछानेको भनाई रहेको छ ।

इन्जिनियर केशव पौडेलले पालिकाले राखेका चार वटा मध्ये अन्यको मर्मत कार्य जारी रहेको तर मैनापोखरमा रहेको लाइट मर्मत पुरा भई संचालनमा आएको केहि दिनमै खरावी आएको हुँदा सम्वन्धित कम्पनीलाई जानकारी गराइएको बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडिलाई यस विषयमा बुझ्न खोज्दा उहाँले आफुलाई लाइट विग्रिएको विषयमा केहि थाहा नभएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?