टिसिएलको दशैँ अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले दशैँ, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्स खरिदमा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत टिसिएलको कुनै पनि टिभी खरिदमा ४४ हजार सात सय रुपैयाँसम्मको आकर्षक छुट पाउन सकिनेछ भने वासिङ मेसिन खरिदमा १४ हजार चार सयसम्मको छुटका साथै छ केजी एरियल मेटिक पाउडर उपहार पाइनेछ ।

त्यस्तै, टिसिएलका सम्पूर्ण क्याटगोरी एयर कन्डिसनर खरिदमा ५६ हजार आठ सयसम्मको आकर्षक क्यासब्याकका साथै चार हजार रुपैयाँ बराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सकिनेछ । टिसिएलको साइड बाई साइड रेफ्रिजेरेटर खरिदमा ३१ हजार आठ सयसम्मको आकर्षक क्यासब्याकका साथै सिजी इण्डक्सन चुलो सित्तैमा पाउन सकिनेछ ।

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, एक्सचेन्ज सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले होटल भिभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । नेपालभर टिसिएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?