गुरु पूर्णिमा र व्यासजयन्तीको महत्व

Read Time = 18 mins

✍️ तोयराज नेपाल

आषाढ शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यस दिन ज्ञानप्रदान गर्ने गुरुजनप्रति सम्मान एवं कृतज्ञता प्रकट गर्न गुरुपूजा गर्ने परम्परा छ । गुरुको पूजा गर्नु विद्या र विद्याका अधिष्ठात्री देवताप्रतिको सम्मानको परिसूचक पनि हो । गुरुका घरमा गएर गुरुको पूजा गर्नुकासाथै विद्यालय, महाविद्यालय र विश्वविद्यलयमासमेत सामूहिक रूपमा गुरुको पूजा गर्ने परम्परा पनि प्रचलित छ । गुरुको पूजा केवल पूजाका रूपमा मात्र नभई उहाँहरूमा रहेको ज्ञान विज्ञानको पुरस्कारको परिपूरक पनि हो । यसबारे शिवपुराणमा उल्लेख छ ः
तथैव गुरुसम्पर्कात् पापं त्यजति मानवः ।
यथा वहिृनसमीपस्थो घृतकुम्भो विलीयते ।।
तथा पापं विलीयेत हृयाचार्यस्य समीपतः ।
यथा प्रज्वलितो वहिृनः शुष्कमार्द्रं च निर्दहेत् ।।
तथायमपि सन्तुष्टो गुरुः पापं क्षणाद्दहेत् ।
मनसा कर्मणा वनचा गुरोः क्रोधं न कारयेत् ।।
तस्य क्रोधेन दहृयन्ते हृयायुः श्रीज्ञानसत्क्रियाः ।।
शिवपुराण वायवीयसंहिता उत्तरभाग १५ र २७ ,२८, २९, ३०
जसरी पापीहरूका संगतले मानिस पनि पापी एवं पतित हुन्छ, जसरी आगामा तताएपछि आगाका सम्पर्कले सुवर्णले आफूमा रहेको मैलोपन त्याग्दछ र कञ्चन हुन्छ, जसरी आगाका छेउमा रहेको कुम्भको घ्यू पग्लन्छ, त्यसरी नै गुरुका सम्पर्कले गुरु खुशी भएपछि सम्पूर्ण पापहरू जलेर भस्म भई बिलाएर नष्ट हुन्छन् । त्यसकारण मन, वचन र कर्मले गुरु रिसाउने काम कहिल्यै गर्नु हुँदैन । गुरु रिसाउनुभयो भने गुरुका क्रोधले आयु, सम्पत्ति, ज्ञान-विज्ञान र आफ्ना सम्पूर्ण सत्कर्महरू भस्म हुन्छन् । त्यस कारण गुरुलाई सधैं सन्तुष्ट राख्नुपर्दछ ।
झझ गुरुर्ब्रहृमा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रहृम तस्मै श्रीगुरवे नमः ।।
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः।।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः ।।
गुरु भनेका ब्रहृमा, विष्णु, महेश्वर र साक्षात् परब्रहृम स्वरूप हुनुहुन्छ । जसले मानिसमा रहेको अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूप ज्योति जगाइदिनुहुन्छ र जीवनलाई सार्थक बनाइदिनुहुन्छ । अनि चराचर सम्पूर्ण जगत् जुन् परमात्माद्वारा व्याप्त छ, त्यस्तो सर्वव्यापक परमात्माको वास्तविक तत्व बुझाएर छर्लंग पारी अज्ञानलाई हटाई ज्ञानज्योति जगाएर संसार सागरबाट पार लगाइदिनुहुन्छ ।
गुकारश्चान्धकारः स्याद्रुकारस्तस्य नाशकः ।
तयोरैक्यं परं ब्रहृम गुरुरित्यभिधीयते ।।
अर्थात् ‘गु’ शब्द अन्धकार वाचक हो भने ‘रु’ शब्द अन्धकारको नाशक हो । यी दुई शब्दको जब एकीभाव हुन्छ, तब गुरु शब्द बन्दछ । त्यसैले गुरु शब्द परब्रहृम वाचक पनि हो । गुरुका बारेमा शिवपुराणमा अरू पनि भनिएको छ :
यो गुरुः स शिवः प्रोक्तो
यः शिवः स गुरुः स्मृतः।
गुरुर्वा शिव एवाथ
विद्याकारेण संस्थितः । शि.पु.वा.सं.उ.भा.१५र२०
जो गुरु हुनुहुन्छ, उहाँ शिव नै हुनुहुन्छ, अनि जो शिव हुनुहुन्छ, उहाँ साक्षात् गुरुस्वरूप हुनुहुन्छ । विद्याका रूपमा गुरु नै शिव बनेर रहनुभएको छ ।
यथा शिवस्तथा विद्या
यथा विद्या तथा गुरुः।
शिवविद्यागुरूणाञ्च
पूजया सदृशं फलम् ।। तत्रैव २१
जस्ता शिव हुनुहुन्छ, त्यस्तै विद्या छ, जस्तो विद्या छ, त्यस्तै गुरु हुनुहुन्छ, त्यसैले शिव, विद्या र गुरुको पूजनबाट समान फल पाइन्छ ।
सर्वदेवात्मकश्चासौ
सर्वमन्त्रात्मको गुरुः।
तस्मात् सर्वप्रयत्नेन
तस्याज्ञां शिरसा वहेत् ।। तत्रैव २२ ।
शिव सम्पूर्णदेव स्वरूप हुनुहुन्छ भने गुरु सर्वमन्त्रस्वरूप हुनुहुन्छ । गुरु सम्पूर्ण मन्त्रका मूर्तरूप हुनाले र मन्त्र सिद्धिबाट शिवको प्राप्ति हुने हुनाले शिष्यले गुरुको आज्ञा सदा पालन गर्नुपर्छ । जसले गुरुको आज्ञा पालन गर्दछ भने त्यसले ज्ञान र ऐश्वर्यको उपभोग गर्न पाउँछ । शिष्यले गुरुका अगाडि केही काम गर्नु पर्‍यो भने गुरुको आज्ञा लिएरमात्र गर्नुपर्दछ ।

जसले मानिसमा रहेको अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूप ज्योति जगाइदिनुहुन्छ र जीवनलाई सार्थक बनाइदिनुहुन्छ । अनि चराचर सम्पूर्ण जगत् जुन् परमात्माद्वारा व्याप्त छ, त्यस्तो सर्वव्यापक परमात्माको वास्तविक तत्व बुझाएर छर्लंग पारी अज्ञानलाई हटाई ज्ञानज्योति जगाएर संसार सागरबाट पार लगाइदिनुहुन्छ ।

दत्तात्रेयले २४ गुरु मानेका छन् भने २५औं गुरुका रूपमा आफ्नै देहलाई पनि मानेका छन् । दत्तात्रेयका २४ गुरु यस प्रकार छन् । पृथ्वी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, समुद्र, पुतली, भ्रमरो र त्यसको सजाति मौरी, हात्ती, मह काढ्ने मानिस, हरिण, माछो, पिंगला नामकी वेश्या, कुररपक्षी-न्याउली, बालक, कुमारी-कन्या, बाण बनाउने मानिस, सर्प, माकुरो र कुमालकोटीसमेत २४ गुरु हुन् भने २५औं गुरु आफ्नै देह हो भनेर मानेका छन् ।

यी प्रत्येकबाट केहिन केही शिक्षा लिएर दत्तात्रेयले गुरु मानेका हुन् । वास्तवमा संसारका सबै चिजलाई गुरु मान्न सकिन्छ । जसबाट राम्रा कुरा सिकिन्छ र जसबाट नराम्रा कुरा बुझेर नराम्रा कामबाट निवृत्त हुन सकिन्छ । अर्थात् यो काम गर्न नहुने रहेछ भनेर नराम्रा कुरा छाड्न सहयोग पुग्छ, त्यसलाई पनि गुरु मान्नु पर्दछ ।
जो जेबाट सिकिन्छ सुन्दर कुराद्वारा नराम्रा कुरा
राम्रा चिज लिएर पालन गरौं छाडौं नराम्रा कुरा ।
संसारैभरका पदार्थ सब नै हुन्छन् सबैका गुरु
यस्तो भाव लिएर सर्वजनमा सम्मान गर्नू अरू ।।
यस कारण समाजमा सही बाटो देखाएर यस लोकमा सुख ऐश्वर्यको भोग गराउन र परलोकमा मोक्ष गराउनसमेत गुरुको भूमिका महŒवपूर्ण हुने हुँदा शास्त्रले गुरुको अत्यन्त ठूलो महत्व प्रतिपादन गरेको छ ।
ॐ गुरुदेवतायै नमः।

व्यासजयन्ती
आषाढ शुक्ल पूर्णिमाकादिन व्यास जयन्ती र व्यास पूजाको दिन पनि हो । यस प्रसंगमा व्यासको सम्झना गर्नु र उहाँको पू्जा गर्नु पनि हाम्रो कर्तव्य हुन्छ ।। आज गुरु पूजाको दिन पनि भएकोे हुँदा व्यास ता अझ संसाारकै महागुरु स्वरूप हुनुहुन्छ । त्यसैले उहाँको सम्नमान एवं पूजा गर्नु त हाम्रो झन् ठूलो कर्तव्यभित्र पर्दछ । ततः सप्तदशे जातः सत्यवत्यां पराशरात्। चक्रे वेदतरोः शाखा दृष्ट्वा पुंसो क्ल्पमेधसः।। श्री.भा.१ र ३ र २१ ।

व्यासले रचना गरेको महाभारत ग्रन्थमा धर्म, अर्थ, काम र मोक्षसमेत चारै पुरुषार्थका कुरा उल्लेख छन् । जो यसमा छन् ती अन्यत्र छन्, जो यहाँ छैनन्, ती अन्यत्र पनि छैनन्, पाइँदैनन् भनिएको छ । त्यसैले ‘यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित्’ भन्ने कुराले सबै वाङ्मय व्यासको जुठो हो भन्ने सिद्ध हुन्छ ।

द्वापरे समनुप्राप्ते तृतीये युगपर्यये जातः पराशराद्योगी वासव्यां कलया हरेः ।। श्री.भा.१ र ४ र १४ ।
वर्तमान चतुर्युगीको तेस्रो युग द्वापरयुगमा विष्णुभगवान्को अंशबाट पराशरमुनि र सत्यवतीबाट सत्रौं अवतारका रूपमा व्यासजीको जन्म भएको हो । पहिले वेदविद्यारूप एउटै ठूलो वृक्ष थियो । जसलाई गुरु मुखबाट सुनेर सबैले धारण गर्न सक्तथे । पछि मानिसको धारणाशक्ति कम भएको देखेर वणयासले वेदविद्यालाई चार भागमा विभाग गर्नुभयो ।

वीर्यं तेजो बलं चाल्पं मनुष्याणामवेक्ष च ।
हिताय सर्वभूतानां वेदभेदान् करोति सः ।। (विष्णुपु.३ र ३ र ६ पुराणविमर्श) ६३ । कालान्तरमा द्वापरयुगमा मानिसको बुद्धि तेज वीर्य र धारणाशक्ति कम भएको देखेर व्यासले वेदरूप वृक्षलाई पहिले चार भाग गरी पछि तिनका पनि अनेक शाखामा विभाग गर्नुभयो । द्वापरे द्वापरे विष्णुव्र्यासरूपी महामुने । वेदमेकं सुबहुधा कुरुते जगतो हितः।। वि.पु.३ र ३ र ५ ।

द्वापरे द्वापरे विष्णुव्र्यासरूपेण सर्वदा । वेदमेकं स बहुधा कुरुते हितकाम्यया ।। अल्पायुषोक्ल्पबुद्धींश्च विप्रान् ज्ञात्वा कलावथ । पुराणसंहितां पुण्यां कुरुतेक्सौ युगे युगे ।। (देवीभाग.१ र ३ र १९, २० पुराणविमर्श) ६३ ।

वेदविद्याका साथै एक अर्ब ग्रन्थ संख्या भएको पुराण विद्यालाई पनि चार लाख ग्रन्थसंख्यामा १८ भागमा विभागर गरी अष्टादश पुराणको रचना गर्नुभयो ।

व्यासरूपमहं कृत्वा संहरामि युगे युगे । चतुर्लक्षप्रमाणेन द्वापरे द्वापरे सदा ।। तदष्टादशधा कृत्वा भूर्लोके क् स्मिन् प्रकाशते ।। अद्यापि देवलोकेक् स्मिन् शतकोटिप्रविस्तरम् ।। तदर्थोक्त चतुर्लक्षं संक्षेपेण निवेशितम् ।। (मत्स्यपु.,पद्मपु., पुराणविमर्श पृ.७ र ७०) एवं पुराणसन्दोहश्चतुर्लक्ष उदाहृतः । श्रीभाग.१२ र १३ र ९ ।

भगवान्ले आफैँ भन्नुभएको छ : पुराणविद्याको ग्रन्थ संख्या शतकोटि अर्थात् एक अर्ब छ, जो अहिले पनि देवलोकमा विद्यमान छ । तर मनुष्यलोकका व्यक्तिको बुद्धि र धारणाशक्तिमा कमी भएको हुँदा शतकोटि संख्याबाट संक्षेप गरी मुख्य–मुख्य छानेर मनुष्यलोकका लागि चार लाख ग्रन्थ झिकी त्यसलाई पनि अठ्ठार भाग गरी अष्टादश पुराणको रचना गरेको हो ।
अचतुर्वदनो ब्रहृमा द्विबाहुरपरो हरिः ।
अभाललोचनः शम्भुर्भगवान् बादरायणः।।
अर्थात् चार मुख नभएका ब्रहृमा, दुई हातमात्र भएका विष्णु र निधारमा आँखा नभएका महेश्वर भनेका भगवान् व्यास नै हुनुहुन्छ । अर्थात् व्यास भनेका ब्रहृमा, विष्णु र महेश्वर तीनै देवस्वरूप हुनुहुन्छ भनिएको हो ।

व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे ।
नमो वै ब्रहृमनिधये वासिष्ठाय नमो नमः ।।
व्यासं वसिष्ठनप्तारं शक्तेः पौत्रमकल्मषम् ।
पराशरसुतं वन्दे शुकतातं तपोनिधिम् ।। पुराणविमर्श.६२
अर्थात् विष्णुरूप व्यास र व्यासरूप विष्णु जो वेदका खानी र निष्पाप हुनुहुन्छ । उहाँ वसिष्ठका पनाति, शक्तिका नाति, पराशरका छोरा र शुकदेवका पिता र तपस्याका खानी अर्थात् सधैं तपस्यामा रत हुने व्यासजीलाई वन्दना गर्दछु । ‘व्यासोच्छिष्टं जगत् सर्वम्’ अर्थात् संसारमा जे जति संस्कृतवाङ्मय शास्त्र छ, त्यो सबै नै व्यासको जुठो हो अर्थात् वाङ्मयका सम्पूर्ण क्षेत्रमा व्यासले कलम चलाउनुभएको छ । उहाँकै प्रसादबाट हामीले पनि केही सिकेका हौं । महाभारतमा भनिएको पनि छ ।
धर्मे चार्थे च कामे च
मोक्षे च भरतर्षभ
यदिहास्ति तदन्यत्र
यन्नेहास्तिन तत् क्वचित् ।
(महाभारत) अर्थात् व्यासले रचना गरेको महाभारत ग्रन्थमा धर्म, अर्थ, काम र मोक्षसमेत चारै पुरुषार्थका कुरा उल्लेख छन् । जो यसमा छन् ती अन्यत्र छन्, जो यहाँ छैनन्, ती अन्यत्र पनि छैनन्, पाइँदैनन् भनिएको छ । त्यसैले ‘यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित्’ भन्ने कुराले सबै वाङ्मय व्यासको जुठो हो भन्ने सिद्ध हुन्छ । त्यसैले हाम्रो समाजमा व्यासको ठूलो महत्व रहेको हुँदा सकल वाङ्मय जगत्का गुरु रूपमा रहेका व्यासको स्मरण, सम्मान र पूजन गर्नु आजका समयमा पनि उत्तिकै सान्दर्भिक भएकाले उहाँको सम्मान एवं पूजा गर्नु हामी सबैको कर्तव्य हुन आउँछ ।
ॐ व्यासाय नमः ।
ॐश्रीकृष्णार्पणमस्तु ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?