बीपी कोइराला स्मृति पुरस्कार विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ । ट्रष्टले बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानअन्तर्गत साहित्य सम्मान पुरस्कार-२०८० वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार-२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रूपन्देही)लाई प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्य सम्मान पुरस्कारको राशि एक लाख एक हजार र प्रजातन्त्र सेनानी सम्मानको पुरस्कार ५१ हजारको रहेको छ । ट्रष्टको पुरस्कार छनोट समितिका संयोजक डा.धुव्रचन्द्र गौतमको संयोजकत्वमा ट्रष्टका महासचिव रामचन्द्र पोरखेल र डा.ज्ञानु पाण्डेको सिफारिश समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो । उक्त सम्मान तथा पुरस्कार बीपी कोइरालाको ११०आंँ जन्मजयन्तीका अवसरमा यही भदौ २२ गते राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रदान गरिने ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?