टिभिएस अपाचे आरटिआर

Read Time = 2 mins

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटिआर १६० फोरभी आरटिएफआई तथा बिएस-भिआईको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबार एक कार्यक्रम गरी नयाँ बाइक सार्वजनिक गरेको हो ।

मोटरसाइकलको बिएस-भीआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट तीन राइड मोड्स अर्थात् रेन, अर्वान-स्पोर्ट्स रहेका छन्, जसलाई चालकले सहजता र परिस्थितिका आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको रेस टन्ड फ्युल इन्जेक्सन (आरटिएसआई) टेक्नोलोजीयुक्त बिएस–भिआई कम्प्लियन्ट इन्जिन रहेको छ । कम्पनीका अनुसार अटोमोबाइल क्षेत्रमा आरटिएफआई टेक्नोलोजी निकै नै उत्कृष्ट मानिन्छ । आरटिएफआई टेक्नोलोजीयुक्त इन्जिनले माइलेज बढाउनुका साथै बिएस–कम्प्लियन्ट इन्जिन वातावरणमैत्री हुन्छ ।

त्यतिमात्र नभई मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ, जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत् रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोडका साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् । बाइकको मूल्य तीन लाख ७९ हजार नौ सय रुपैयाँ रहेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टु–हिृवलर्सको एकमात्र आधिकारिक वितरक हो । नेपालभर एक सय ३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालसाथ टिभिएस बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?