‘बगान’को ‘न वारमा छु, न पारमा छु’

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । यही असार २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको गीत ‘न वारमा छु, न पारमा छु’ सार्वजनिक भएको हो ।

सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री करिष्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ । गीतको भिडियोमा काखे छोरी हुर्काउँदै एकल जीन्दगी बिताउनुपर्दाका भोगाइ देखिन्छ । यो चलचित्रमा अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ ।

चलचित्रमा सरोज खनाल, करिष्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मालगायतको अभिनय छ । स्वप्न नीरवको कथामा आधारित चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?