एओजीको एनिभर्सरी राइड

Read Time = 2 mins

काठमाडौं । सामूहिक पहलद्वारा सबथोक सम्भव छ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत् युवाको मनमा स्थापित गर्ने लक्ष्यसाथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी)ले शुक्रबार मार्सल मिट र शनिबार एनिभर्सरी राइड कार्यक्रम आयोजना गरेको छ ।

नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजित मार्सल मिटमा देशभरबाट १५ जना मार्सलको सहभागिता थियो । कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरवकुमार पाठकले सवारीसम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गर्नुभएको थियो । नेपाली युवामाझ रहेको बाइकिङप्रतिको प्रेमलाई एओजीमार्फत् एक बनाउँदै एकआपसमा भाइचाराको भावनालाई प्रोत्साहन गर्न टिभिएस लामो समयदेखि लागिपरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइड पनि सम्पन्न गरेको छ । ७० भन्दा बढी राइडरको सहभागिता रहेको काठमाडौं, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयबाट सुरु भएको राइड मिनी इलाम, भोटेचौर पुगेर पुनः काठमाडौंमा समापन गरिएको थियो ।

स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरबाट तीन हजारभन्दा बढी सदस्य बटुल्न सफल भएको छ र हालसम्म च्याप्टर र मार्सल राइड गरी ४२ राइड सफलतापूर्वक सञ्चालन गरिसकेको कम्पनीले जनाएको छ । त्यसमध्ये चित्लाङसम्मको नाइट राइड र सात हजार किलोमिटर लामो अन्तर्राष्ट्रिय राइड पनि रहेको छ । एओजी, बाइकिङ कल्चर प्रवद्र्र्धनकै लागि नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?