महालक्ष्मी कर्पोरेट क्रिकेट २०२३ शृंखला २

Read Time = 3 mins

काठमाडौं । महालक्ष्मी विकास बैंकको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग- २०२३ शृंखला २’ आयोजना हुने भएको छ । बैंकले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा क्रिकेट लिग आयोजना गरेको हो । शनिबारदेखि सोमबारसम्म इमाडोलस्थित बलपार्क इण्डोर क्रिकेटमा आयोजना हुने प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिता विजेता ट्रफी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले जर्सी सार्वजनिक गर्नुभएको थियो । क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमबारेमा प्रकाश पार्नुका साथै समूह विभाजन गर्नुभएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवकोटाले क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाबीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताउनुभयो । प्रतियोगितामा कुल ३१ खेल खेलिने र सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा माछापुच्छ्रे, सिटिजन्स, हिमालयन, राष्ट्रिय वाणिज्य बैंक, सनराइज, प्रभु, एनएमबी, एनआइसी एसिया, प्राइम, कुमारी, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहनेछ । प्रतियोगिता विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेटकिपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?