मस्को। राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको राज्यसत्तालाई खतरा भएमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार रुसी सञ्चारमाध्यमले प्रसारण गरेको रेकर्डड अन्तर्वार्तामा क्रेमलिन प्रमुखले रूस सैन्य प्राविधिक दृष्टिकोणबाट आणविक युद्धका लागि तयार रहेको बताउनु भएको हो । उहाँका टिप्पणीहरूले आणविक ‘सब्रे रट्टलिंग’ को पुनः सुरु हुने सङ्केत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
दुई हप्ता अघि पनि राष्ट्रपति पुटिनले राष्ट्रलाई वार्षिक सम्बोधन गर्दै पश्चिमी देशहरूले युक्रेनमा लड्न सेना पठाएमा आणविक युद्ध हुन सक्ने खतरा औल्याउनु भएको थियो । बुधवार पनि उनले यो जोड दिए कि रूसको आणविक हतियार र सेनाले पश्चिमा देशलाइ हानी पुर्याउन सक्छ ।
‘सैन्य–प्राविधिक दृष्टिकोणबाट हामी पक्कै पनि तयार छौं। तिनीहरू रूसी सेनाहरूे निरन्तर लडाई तयारीको अवस्थामा छन्,’ पुटिनले रसिया–१ राज्य टिभी च्यानलसँगको अन्तर्वार्तामा भन्नु भयो ।
‘हाम्रो ट्रायड, परमाणु ट्रायड, यो कुनै पनि अन्य ट्रायड भन्दा धेरै आधुनिक छ,’ उहाँले भन्नु भयो , ‘केवल हामी र अमेरिकासँग मात्रै त्यस्ता ट्रायडहरू छन् तर हामी उनीहरू भन्दा धेरै अगाडि बढेका छौं।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच