निफ्राले पाँच अर्बको ऋणपत्र बिक्री गर्ने

Read Time = 1 min

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पाँच अर्ब रुपैयाँको ऊर्जा ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । निफ्राले प्रतिइकाई एक हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

जसमा २० लाख इकाई सर्वसाधारण र ३० लाख इकाई बैंक आफैँंैले विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ । सात वर्षका लागि निष्कासित ऋणपत्रको वार्षिक सात प्रतिशत रहेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?