साफ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तान भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

बैंगलोरस्थित कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।

नेपालले हालसम्म पाकिस्तानसँग १७ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ५ खेल जितेको छ ।

पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?