यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा,अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ३२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २३ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?