असमका गोर्खालीहरूबीच खाँदबारीमा साहित्य चर्चा र सांस्कृतिक कार्यक्रम

हिमालय टाइम्स
Read Time = 2 mins

संखुवासभा । कार्वी कुर्फो आमाईको पहल र मकालु साहित्यिक समाजको आयोजनामा भारत असमका गोर्खालीहरू खाँदबारी आएर साहित्य चर्चा तथा सांस्कृतिक विनिमय गरेका छन् । यहाँ नेपाली भाषामा लेखिएको कथा र कविताको पुस्तक विमोचन का साथै साहित्य चर्चा तथा सांस्कृतिक विनिमय गरिएको हो ।

भारतीय नागरिक विष्णु निरौलाको कविता संकलन ‘हिमाल बोक्ने रहर’ र रण काफ्लेको नेपाली लघुकथा संग्रह ‘लीला’ र ताराबहादुर बुढाथोकीको ‘बाउ’ पुस्तक विमोचन गरिएको छ । मायाको चिनो स्वरूप आयोजक मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जिल्लामा उत्पादन अल्लो कपडा, चैनपुरे करुवालगायत विभिन्न जातजातिको भेषभूषासमेत आदान-प्रदान गर्नुभएको थियो ।

भारतमा रहेर पनि नेपाली भाषा साहित्य कला संस्कृति र गीतसंगीतमा रुचि राख्ने, नेपाली भाषामा तीजको गीत गाउने र नेपालीहरूसँगै छमछम नाच्ने दृश्य उनीहरूले प्रस्तुत गरे । संस्कृति आदानप्रदान र कुराकानीमा दुवै देशका गोर्खालीहरूको आँखा रसाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?