धितोपत्र बोर्डले आइपिओ, हकप्रद, एफपीओ निष्काशन स्थगन तत्काल खोल्नुपर्छ : अध्यक्ष ढकाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइपिओ, हकप्रद, एफपीओ निष्काशन रोक्न नहुने बताउनुभएको छ ।

महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आइपिओ, हकप्रद, एफपीओ निष्काशनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष ढकालले सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउनको लागि लगानी सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आइपिओ निष्काशन स्थगित गर्नु नहुने बताउनु भयो ।

शुक्रवार न्युज एजेन्सीसँग कुराकानी गर्दै अध्यक्ष ढकालले संघीय, प्रदेश र स्थानीय सरकारहरुले समेत लगानी सम्मेलन गरिरहेको बताउनु भयो । उहाँले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहरु आइपिओ निष्काशनको तयारी पूरा हुँदा समेत अनुमति नपाउनु राम्रो नभएको बताउनु भयो । उहाँले मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारीहरु पूरा गरेका कम्पनीहरुको आइपिओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय बिस्तारदेखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन समस्या पर्ने थालेको बताउनु भयो ।

उहाँले सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गरी आइपिओ निष्काशन तत्काल अनुमति दिन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष ढकालले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आइपिओ निष्काशनको लागि तयारी गरेका कम्पनीहरुलाई अटो पाइलटको रुपमा आइपिओ निष्काशनमा जाने व्यवस्था गर्नुपर्ने बताउनु भयो। उहाँले सरकारले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र राजश्व बढाउने प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले सर्वसाधरणहरुलाई कम्पनीको शेयर मालिक बनाउनको लागि अटोपाइलटको रुपमा आइपिओ निष्काशन अनुमति दिन आवश्यक रहेको बताउनु भयो । उहाँले समग्र लगानी र सरकारले लिन खाेजेको उद्योग व्यवसायी बढाउने नीतिमा समेत आइपिओ निष्काशन रोक्दा गलत सन्देश जान लागेको बताउनु भयो । उहाँले आइपिओ निष्काशन रोक्दा आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय लगानीमा समेत गलत सन्देश जाने भन्दै सरकारले तत्काल प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई आइपिओको अनुमति दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारको कर्जा नीतिको कारण केही कम्पनीहरुको बैंकहरुबाट कर्जा लिन नसकेको अवस्थामा त्यस्ता कम्पनीहरुलाई आइपिओ निष्काशन अनुमति दिँदा व्यवसायीहरुले भोग्दै आएको आर्थिक मन्दिलाई समेत सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले आइपिओ निष्कासनले वर्तमान आर्थिक समस्या समेत केही सहज बनाउने उल्लेख गर्नुभयो । धितोपत्र बोर्डले करिव दुई महिना पहिले आइपिओ सप्लाई बढी भएर बजार प्यानिक भएको गुनासो आएको भन्दै आइपिओ निष्काशनलाई नियन्त्रण गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?