आगलागीमा परी इलामका सात घर जलेर नष्ट

हिमालय टाइम्स
Read Time = 1 min

इलाम । आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् ।

माङ्सेबुङ गाउँपालिका- ५ को लारुम्बामा गए राति भएको आगलागीमा परी सात घर नष्ट भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानिय अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।

प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ गुजुम्ब रहेकाका कारण सात घर जल्न पुगेका हुन । सोमबार राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । यसरी घर जल्दा सो घरमा भएका अधिकांस समान पुर्ण रुपमा जलेर नष्ट भएका छन । आगलागीमा परी मानवीय क्षति भने हुन पाएन ।

विधुत सर्ट भई आगलागी भएको र आगलागीमा करिब ६० लाख रुपैयाँको भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?