चुनावलाई प्रभावित पार्न जिल्ला निर्वाचन खारेज गर्ने निर्णय गरियो: पदम गिरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमाले प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय आगामी चुनावलाई प्रभावित पार्ने उद्देश्यले भएको बताउनुभएकाे छ ।

मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयको एमाले र रास्वपाका सांसदहरुले विरोध जनाइरहेका छन् ।

सोही क्रममा एमाले प्रमुख सचेतक गिरीले २०८४ सालमा हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय भएको दाबी गर्नुभयाे । यसबारे प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।

बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?