जनप्रतिनिधि र पत्रकारको उपस्थितिमा सकियो पाल्हीनन्दनको सार्वजनिक सुनुवाई

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको पाल्हीनन्दन गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम जनप्रतिनिधि, कर्मचारीहरू र विद्यार्थीकाे सहभगितामा मंगलवर सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा पाल्हिनन्दन गाउपालिकाका १ देखी ६ नम्बर वडाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, पत्रकार र विद्यार्थी गरि करिव ६० जनाको उपस्थितिमा सुनुवाइ सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रम सराेकारवाला र स्थानीयबासीकाे सहभागीता हुनुपर्ने तर सीमित ब्यक्तिहरुको सहभागीमा गाउँपालिकाको सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्षसंग मिडिया सम्बाद र सार्वजनिक सुनुवाइ कार्यक्रम रामग्राम प्रेस क्लब परासीले जिम्मा पाएकाे थियो । अध्यक्षसंग मिडिया सम्बाद र सर्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र विद्यार्थी मात्र सहभगितामा भएकाे देखिए पछि सामाजिक संन्जालमा गाउँपालिकाकाे आलोचना भएकाे छ ।

सामाजिक संन्जालमा सार्वजानिक सुनवाईमा आसान ग्रहण गर्ने को संख्या बढ़ी देखिन्छ त ,फोटोमा स्थानीय आम नागरिकको उपस्थिति देखिदैन ,सभा कक्षा रहेको स्थानीय मुकेश गुप्ताले बताउनु भयो । गाउँपालिकाका शिक्षा शाखामा कार्यरत अशाेक ठाकुरले कार्यक्रमको फोटो सार्वजनिक गर्दै भन्नु हुन्छ -"अध्यक्षसंग मिडिया सम्बाद र सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीताकाे अवस्था यस्तो रहेको छ । " भन्दै सामाजिक संजालमा पोष्ट गर्नु भएको छ ।

गाउँ पालिकाका अध्यक्षसग मिडिया सम्बाद कार्यक्रमकाे लागि आर्थिक बर्ष २०७९/८० काे पाँच लाख बजेट विनियोजन गाउँपालिकाले गरेकाे थियाे । गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले २० हजार रुपैया बराबरको कार्यक्रम भएकाे बताउनु भयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले सराेकारवाला र राजनीतिक दलका प्रमुखहरूलाई बोलाइएको बताउनु भयो । उहाँ भन्नू हुन्छ-" हामीले सरोकारवाला सबैलाई बोलाएका हौ ।" तिमिल्सिनाले सबै सरोकारवालालाइ बोलाएको बताए पनि उपस्थिति नदेखिए पछि पालिकाले गरेको सार्वजनिक सुनुवाइको चौतर्फी आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?