इटालियन गोलरक्षक गुग्लिएल्मो टोटनहममा अनुबन्ध

Read Time = 2 mins

लण्डन । इंग्लिस क्लब टोटनहम हट्सपरले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्ध गरेको छ । टोटनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।

२६ वर्षीय भिकारियोले एम्पोलीमा दुई सिजन बिताउनुभएको थियो । टोटनहमका कप्तान तथा पहिलो रोजाइका फ्रान्सेली गोलरक्षक हृयुगो लोरिसको क्लबमा सम्झौता अझै एक वर्ष बाँकी रहँदा उहाँको विकल्पमा गुग्लिएल्मोलाई अनुबन्ध गरिएको हो ।

उडिनेसबाट व्यावसायिक खेल करिअर सुरु गर्नुभएका भिकारियोले क्याग्लियारी, पेरुगिया र भेनेजियाबाट खेलिसक्नुभएको छ । २०२१ मा एम्पोली पुग्नुभएको थियो । गत सिजन रेलिगेसन जोनमा संघर्ष गरिरहेको एम्पोलीलाई रेलिगेसन बचाउन गोलरक्षक भिकारियोले सानदार प्रदर्शन गर्नुभएको थियो ।

यस्तै, जर्मन च्याम्पियन बायर्न म्युनिखले टोटनहम हट्सपरका फरवार्ड हृयारी केनलाई अनुबन्ध गर्ने प्रयास गरेको छ । गत सिजन पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्की बार्सिलोना गएसँगै बायर्नले केनलाई प्रस्ताव गरेको हो । टोटनहमले केनलाई आफैं नयाँ सम्झौता प्रस्ताव गर्ने तयारी पनि गरिरहेको छ । क्लबले केनलाई टोलीको कप्तान बनाएर करिअर नै लण्डन क्लबमा अन्त्य गर्नका लागि प्रस्ताव तयार गरिरहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?