डेरी एसोसिएसनद्धारा दही चिउरा कार्यक्रम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमति प्रदेश र रोटरी क्लब अफ कपनले बिहीबार काठमाडौंमा संयुक्तरुपमा दही चिउरा कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा लिने गरिएको बताउनुभयो । असार १५ लाई धान दिवसका रुपमा मनाइनुका साथै दही चिउरा पनि खाइने भएकोले सो दिन करिब ६० लाख लिटर दही खपत हुने उहाँले जानकारी दिनुभयो । रोटरी क्लबकी एजी सारदा आचार्यले क्लबले नेपाल डेरी एसोसिएसनसँग मिलेर दही चिउरा कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा पशुपति क्लवका प्रेसिडेन्ट इलेक्ट सूर्यबहादुर अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं उद्योग समितिका उपसभापति नानीराज घिमिरे, डेरी एसोसिएसन बागमति प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे, उपाध्यक्ष मनोज घिमिरे, सहकोषाध्यक्ष रामभक्त दाहाललगायतले जंक फुडभन्दा दही चिउरा बढी स्वस्थकर पौष्टिक हुने बताएका थिए । कार्यक्रममा रोटरी क्लब अफ कपनका इलेक्ट प्रेसिडेन्ट सुचिता काफ्ले, पूर्व अध्यक्ष राजु लामा पि. कोन्दनलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?