इस्लामाबाद । पाकिस्तानले बिहीबार वासिङ्टनमा आइएमएफले तीन अर्ब डलरको नयाँ स्ट्याण्डबाई सम्झौताको व्यवस्था गरेसँगै केही राहत अनुभव गरेको छ । चुलिँदो वैदेशिक ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्नेछ ।
अर्थतन्त्र भुक्तान सन्तुलनको संकटबाट प्रभावित भएको पाकिस्तानमा महिनौंदेखिको राजनीतिक अराजकताले सम्भावित विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण गरिएको छ । हाल मुद्रास्फीति हृवात्तै बढेको छ । मुद्रा अवमूल्यनको जोखिम बढ्दो छ ।
आइएमएफका अधिकारी नाथन पोर्टरले भन्नुभएको छ, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तर्राष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडिआर २, २५० मिलियन (लगभग ४ ३ बिलियन) रकममा नौ महिनाको स्ट्याण्डबाई व्यवस्थामा कर्मचारीस्तरको सम्झौतामा पुगेका छन् ।’
यो संख्याले पाकिस्तानको अन्तर्राष्ट्रिय मुद्राकोष कोटाको १११ प्रतिशत प्रतिनिधित्व गर्दछ । यो सम्झौता जुलाईको मध्यमा आइएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्नुपर्ने पनि पोर्टरले उल्लेख गर्नुभएको छ ।
सन् २०१९ मा सहमत भएको ४६.५ अर्ब बेलआउट प्याकेजको अन्तिम किस्ताका लागि कोषसँग पाकिस्तानको वार्ता नोभेम्बरदेखि रोकिएको छ । सरकारले सम्झौताका आवश्यकताहरू पूरा गर्न प्रयास गर्ने उद्देश्यले राष्ट्रिय बजेटमा अन्तिम मिनेटमा परिवर्तन गरेको छ । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच