प्रोग्रेसिभ फाइनान्सको सिइओमा श्रेष्ठ

Read Time = 1 min

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनिल श्रेष्ठ नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी श्रेष्ठलाई चार वर्षका लागि नियुक्त गरेको हो । विभिन्न वित्तीय संस्थामा २७ वर्ष लामो कार्यानुभव हासिल गर्नुभएका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्सको सिइओका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट व्यावसायिक सञ्चार विषयमा तालिमसमेत लिनुभएको छ । श्रेष्ठको नेतृत्वमा कम्पनीले थप उचाइ हासिल गर्ने विश्वास सञ्चालक समितिले गरेको छ । नवनियुक्त सिइओ श्रेष्ठले आफ्नो कार्यकालमा कम्पनीलाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?