एकाएक हिलाम्मे मकैवारीमा हेलिकप्टर ल्यान्ड भएपछि…

हिमालय टाइम्स
Read Time = 3 mins

अर्घाखाँची । झमझम पानी परिरहेको बेला एकाएक घर नजिकै मकैवारीमा हेलिकप्टर ल्यान्ड हुँदा हजुरलाई कस्तो लाग्ला ? यस्तो परिस्थितीको सामाना गरिरहेकाहरुलाई त सामान्य लाग्ला तर सामान्य मान्छेहरुको त यो अवस्थामा होस हवास उड्छ ।

ठ्याक्कै यस्तै भएको छ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ७ बरवासमा । असार १५ गते साँझ करिव पाँच बजे स्याला स्थित हिलाम्मे मकैवारीमा एकाएक हेलिकप्टर अवतरण हुँदा स्थानीयहरु आतंकित भए । कुनै जानकारी विना एकाएक हावासरी आएको हेलिकप्टर हिलाम्मे मकैवारीमा ल्यान्ड हुँदा केहीवेर सन्नाटा छायो ।

मौसम खरावीका कारण रनभुल्लमा परेर मकैवारीमा केही बेरका लागि ल्यान्ड भएको हेलिकप्टर मौसम सुधार हुनासाथ गन्तव्यमा पुगेको छ । डोल्पाबाट बिरामी लिएर पोखराका लागि उडेको हेलिकप्टर शुक्रवार अवेर पोखरा पुगेको जनाइएको छ ।

खास के भएको थियो घटना ?

विरामी लिनको लागि पोखराबाट डोल्पाको लागि हिडेको हेली एभरेष्टको 9N-AKP हेलिकप्टर बिहान सन्धिखर्क टुडिखेलमा आकस्मिक अवतरण गर्यो । बिहान करीव साढे दश बजेतिर टुडिखेलमा अवतरण गरेको हेलिकप्टर सन्धिखर्कमा करीव आधा घण्टा विताएर गन्तव्यतर्फ प्रस्थान गर्यो ।

डोल्पा पुगेपनि मौसम खरावका कारण तत्काल विरामी बोकेर हिड्न नसकेको हेलिकप्टर डोल्पाबाट पोखराको लागि उडान भरेकोमा मौसम खरावीका कारण विचविचमा रोकिदै यात्रा अगाडी बढायो ।  जसअन्तर्गत दिउसो करीव ४ बजेतिर अर्घाखाँची भुमिकास्थान वडा न ७ श्याला स्थित बारिमा आकस्मिक अवतरण गरेको थियो । मौसममा केही सुधार आएपछि त्यहाँबाट पुन उडान गरेको हेलिकप्टर सकुशल पोखरा अवतरण गरेको साेहि हेलिकप्टरका क्यप्टेन सुमन पोख्रेलले फोन मार्फत् जानकारी गराउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?