मगस, टिभ्स र एनआइसीलाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मगस, टिभ्स र एनआइसीले प्रथम हिमालय एसइई बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । थ्री बाई थ्री बास्केटबलको ब्वाइजमा मगस र गल्र्समा टिभ्स च्याम्पियन बने । ब्वाइज फुटसलमा एनआइसी पहिलो भयो ।

कोटेश्वरस्थित आयोजक हिमालय स्कुल/कलेजको कोर्टमा भएको ब्वाइज बास्केटबल फाइनलमा मगसले विनायक सिद्ध (भिएस) लाई १५-१४ को साँघुरो अन्तरले पराजित गर्‍यो । बास्केटबलकै गल्र्सको उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६-४ ले हरायो । ब्वाइजमा मगसका आशिष थापा मगर तथा गल्र्स टिभ्सकी पेम्बा डोल्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । ब्वाइज फुटसल फाइनलमा एनआइसी पहिलो तथा आयोजक हिमालय दोस्रो भए । एन्जल्स लर्डका सुशील कुमाल उत्कृष्ट खेलाडी चुनिनुभयो ।

बास्केटबल र फुटसल दुवैमा पहिलो हुनेले १० हजार तथा दोस्रोले पाँच हजार नगद पुरस्कारसहित ७५ प्रतिशत छात्रवृत्ति पाए । सहभागी टिमका प्रत्येक सदस्यलाई पनि प्रोत्साहनस्वरूप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतीले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ तथा फुटसलमा आठ ब्वाइज टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?