जिडब्लुएमका गाडीमा नबिलको सहुलियत कर्जा

Read Time = 1 min

काठमाडौं । जिडब्लुएम सवारीसाधनको आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले नबिल बैंक इन्टरनल कम्बसन इञ्जिन (आइसिई) सवारीसाधन र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको छ । भिजी इम्पेक्सका प्रेसिडेन्ट रूपेश शर्मा भट्ट र नबिल बैंकका हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापत्रअनुसार ग्राहकले नबिल बैंकमार्फत् कुनै पनि जिडब्लुएमका गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । नबिल बैंकले आइसिई मोडललाई १२.९० प्रतिशत र इभीका लागि १२.१५ प्रतिशत ब्याजदरमा ५० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउनेछ । दुवै अवस्थामा ऋणको अवधि भने सात वर्षको हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?