कामनपाले ललिता निवासको जग्गालाई तारबार गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गालाई तारबार गर्ने भएको छ ।

आईतवार ललितानिवासमा पुगेको महानगर प्रहरीको टोलीले ललिता निवासमा बनेका अस्थायी वा अनधिकृत संरचना हटाउन र उक्त क्षेत्रलाई तारबारले घेर्ने बताएको हो ।

महानगरको टोलीले ललिता निवास परिसरमा पुगेर ललिता निवासमा संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेर्ने बताएको हो ।

काठमाडौं महानगरपाकिलाको स्वीकृति बिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह गरेको छ ।

दुई दिनभित्रमा अस्थायी र अनाधिकृत संरचना नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?