विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि ३० सदस्यीय प्रारम्भिक नेपाली फुटबल टोलीको घोषणा गर्नुभएको छ । टोलीमा अघिल्लो साता साफ च्याम्पियनसिप खेलेका ६ टोलीले स्थान बनाउन सकेनन् भने १२ जना नयाँ खेलाडीहरू थपिएका छन् । साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेण्डर निशान खड्का, मिडफिल्डरत्रय पुजन उपरकोटी, नवीन लामा र मणि लामा तथा फरवार्ड दिपकराज सिंह ठकुरीलाई प्रशिक्षकले स्थान दिनुभएको छैन ।

नेपालले अक्टोबरमा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । दुई लिगमा हुने उक्त प्लेअफ चरण पार गरेपछि मात्र दोस्रो चरणमा नेपाल छनोट हुनेछ ।

अनेसेले घोषणा गर्नुभएको ३० सदस्यीय प्रारम्भिक टोलीको गोलरक्षकमा किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल र दिप कार्की, डिफेण्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अञ्जल महर्जन, छिरिङ लामा र अञ्जन राई हुनुहुन्छ ।

यस्तै, मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र क्रितिशरत्न छुन्जु, फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की र दिनेश हेन्जन हुनुहुन्छ ।

मिडफिल्डर सुदीप गुरुङ, डिफेण्डरद्वय अञ्जन राई र छिरिङ लामा, मिडफिल्डरद्वय उत्सव राई र विवेक पौडेल पहिलोपटक राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?