‘प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट गुजरातलाई सर्वाधिक लाभ’

Read Time = 2 mins

जामनगर (गुजरात) । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणले गुजरातलाई सबैभन्दा बढी फाइदा पुगेको बताउनुभएको छ । जामनगरमा भएको एक कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा मुख्यमन्त्री पटेलले प्रधानमन्त्री मोदीको हालैको अमेरिका भ्रमणबारे जानकारी दिने क्रममा उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले देशको विकासमा गरेको योगदानको प्रशंसा गर्दै मुख्यमन्त्री पटेलले गुजरात सरकार र अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीबीच भएको समझदारीबाट आफ्नो राज्यलाई अधिक लाभ पुग्ने बताउनुभयो । ‘प्रधानमन्त्री मोदीको सरकारको नौ वर्षको अवधिमा देशले सबै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ, उहाँको अमेरिका भ्रमणबाट गुजरातले सबैभन्दा बढी फाइदा उठाएको छ, हामी अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीसँग सहकार्य गर्दैछौं, चाँडै उक्त कम्पनीको यहाँ हामी शिलान्यास गर्नेछौं’, मुख्यमन्त्री पटेलले भन्नुभयो ।

अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीले दुई अर्ब ५० करोड अमेरिकी डलरको लगानीमा गुजरातको सानन्दमा सेमीकन्डक्टर, सेमीकन्डक्टर मेमोरीलगायत सूचना प्रविधिसँग सम्बन्धित विभिन्न उपकरणको ‘एसेम्बली, टेष्ट, मार्किङ, र प्याकेजिङ’ कारखाना स्थापना गर्नेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, प्रधानमन्त्री मोदीका साथै अमेरिकी तथा भारतीय उच्च अधिकारीहरूको उपस्थितिमा गुजरातमा माइक्रोन टेक्नोलोजीले कारखाना स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा गुजरात सरकारका अधिकारीसँग हस्ताक्षर गरेको थियो । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?