काठमाडौं । सन् २०२३ को जुन अर्थात् जेठमा ७२ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुनमा हवाईमार्ग हुँदै कुल ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका हुन् ।
यसअघि जनवरीदेखि मेसम्म प्रतिमहिना एक लाखको हाराहारीमा भित्रिएकोमा बर्खायाम सुरु भएसँगै पर्यटक आगमनमा केही कमी आएको छ । तर पनि २०२१ र २०२२ को तुलनामा यस वर्ष पर्यटक ९६.४८ प्रतिशतको रिकभरी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डको तथ्यांकअनुसार कुल पर्यटक आगमनमध्ये अधिकतम् ५३.७६ प्रतिशत पर्यटक भारतीय रहेका छन् । जुन महिनामा मात्र ३८ हजार आठ सय ४५ भारतीय पर्यटक आएका छन् ।
त्यस्तै, अमेरिकाबाट आठ हजार चार सय ७०, चीनबाट दुई हजार चार सय दुई, बंगलादेशबाट दुई हजार चार सय दुई, लण्डनबाट एक हजार नौ सय ९२, अस्ट्रेलियाबाट एक हजार छ सय ३९, मलेसियाबाट एक हजार ७९, दक्षिण कोरियाबाट आठ सय ८८, जापानबाट सात सय ६४ र भुटानबाट सात सय दुईजना पर्यटक भित्रिएका छन् । स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या भन्ने दोब्बरभन्दा बढी हुने बोर्डले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच