डा. शर्मालाई राष्ट्रिय सहकारी पुरस्कार-२०७९

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले १०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न व्यक्तित्व तथा सहकारी संस्थालाई पुरस्कार प्रदान गरेको छ । महासंघद्वारा आयोजित एक समारोहबीच संघीय संसद्का सभामुख देवराज घिमिरेले २०७९ सालमा देशका सातवटै प्रदेशका उत्कृष्ट सहकारी संघसंस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाणपत्रबाट सम्मान गर्नुभएको थियो । महासंघले राष्ट्रिय सहकारी पुरस्कार-२०७९ बाट सहकारी अभियन्ता डा. शान्तराज शर्मालाई सम्मान गरेको छ । जसको पुरस्कार राशि ५० हजार रहेको छ ।

त्यसैगरी उत्कृष्ट सहकारी पुरस्कार-२०७९ बाट जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोक पुरस्कृत भएको छ भने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७९ कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था अर्जुनधारा-३, झापा, मधेश प्रदेशको साना किसान कृषि सहकारी संस्था शंकरपुर-१०, सर्लाही, बागमती प्रदेशको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था पनौती-६, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको मल्लाज बहुउद्देश्यीय सहकारी संस्था जलजला-३, पर्वत, लुम्बिनी प्रदेशको तिलोत्तमा बहुमुखी सहकारी संस्था तिलोत्तमा-२, रूपन्देही, कर्णाली प्रदेशको त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था त्रिपुरासुन्दरी, डोल्पा र सुदूरपश्चिम प्रदेशको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. टिकापुर, कैलाली पुरस्कृत भएका छन् ।

महासंघ अध्यक्ष मिनराज कँडेल र काठमाडौं युनिभर्सिटीका प्राध्यापक विनोदकृष्ण श्रेष्ठले राष्ट्रिय सहकारी महासंघले काठमाडौं युनिभर्सिटीको सहकार्यमा २०७९ साल पुसबाट सञ्चालन गरेको डिप्लोमा इन को-अपरेटिभ कोर्स पूरा गर्ने ३० जना सहकारीकर्मीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सभामुख घिमिरेले समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकाले सहकारी क्षेत्रका विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाले नबिराउनु/नडराउनु भन्ने आदर्शलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?