कोशीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको निर्णय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता गठबन्धनबीच कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकाहरुसँग कुरागर्दै एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष समेत रहनु भएको राजेन्द्र पाण्डेले भन्नुभयो ।

‘अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पुर्याउने जिम्मेवारी दिएका छौं ।’

कोशीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त हुनु भएको थियो ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गर्नुभएको छ । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो ।

कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमतका लागि ४७ सीट आवश्यक छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना छैन ।

एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।

गठबन्धन दलहरुसँग एमालेले सहमतिय सरकार गठनको प्रस्ताव गरिरहेका बेला यहाँ राप्रपाले समेत मुख्यमन्त्रीमा दावी गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?