नेपालको राजनीति फेरि अस्थिरतातर्फ धकेलिन थालेको छ । सरकार परिवर्तनको हल्लापछि यस्ता टीकाटिप्पणी हुन थालेका छन् । अझै पनि नेपालको राजनीति पुरानै नेताको वरिपरि फन्को मारिरहेको छ । लामो समयदेखि मुलुक बुढा नेताहरूको घेराभित्र घुमिरहनु देश अझै पछाडि पर्नु हो । न त मुलुकले राजनीतिक निकास पाउन सकेको छ न त विकासको फड्को नै मार्न सकेको छ । आज धेरै कुराले मुलुक पछाडि परिरहेको छ । बुढा र पुरानो सोच भएका नेताहरूले मुलुकमा केही पनि गर्न सक्दैनन् । त्यसैले जनता आशावादी हुन सकेका छैनन् । बुढा नेताहरू अभिभावक भएर बस्ने र युवालाई नेतृत्व दिने हो भने मुलुक धेरै अगाडि बढ्न सक्छ ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, लोसपालगायत दलहरूमा अझै पुराना र बुढा नेताहरूले नेतृत्व गरिरहेका छन् । उनीहरूबाट थप जनताले के आश गर्नुपर्ने हो ? यति लामो समयसम्म आलोपालो सरकारमा गएर यी नेताहरूले मुलुकलाई के योगदान दिए ? आफूले निजी सम्पत्ति जोड्नेबाहेक अरू के गरेर देखाए ? यो कुराको जवाफ जनतासँग छ । जनताको नाम बेचेर राजनीति गर्ने अनि सत्तामा पुगेर मोजमस्ती गर्ने यस्तो राजनीतिले मुलुक बन्न सक्दैन । अब जनता आफैं अघि सर्नुपर्ने अवस्था आएको छ । जनताकै बीचबाट नयाँ राजनीतिक शक्ति उदाउनेवाला छ । यो कुरा राजनीतिक दलहरूले बेलैमा बुझेर बसे हुन्छ ।
दलहरूको आन्दोलन कुर्सीका लागि हो । विगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवनशैलीमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरूले दिनुपर्छ । वर्तमान समस्याको समाधान दलहरूले खोज्नुपर्छ । सरकार जनताप्रति उत्तरदायी हुन जरुरी छ ।
अहिलेको राजनीतिक अवस्था धेरै गिजलिएको छ । राजनीतिलाई सही ठाउँ र राम्रो दिशा दिन नयाँ सोच, चिन्तन र शैली भएको नेतृत्वको आवश्यकता परेको छ । यतिबेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन् । जनतामा निराशा आउनुभनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशीविदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रँदै गएको छ । राजनीतिक दल र तिनका नेताहरू मुलुकप्रति त्यति गम्भीर भएको देखिँदैन । चार दलीय मोर्चा गठनले देशमा राजनीतिक धु्रवीकरण बढेर जाने अवस्था निर्माण हुँदैछ । संसद्भित्र सरकार परिवर्तनका कुरा उठ्न थालिसक्यो ।
सरकार गठन भएको ६ महिना बित्न नपाउँदै किन सरकार परिवर्तनका कुराबाहिर आएका छन् ? यो सत्य हो या असत्य यो त बिस्तारै खुल्दै जाला । जे होस् यस्ता गतिविधिले देशमा अस्थिरता निम्त्याउने खेलमात्र हुनेछ । भरिसके त्यसो नहोस् भन्ने हो । यता सत्तारुढ दलका नेता डा.बाबुराम भट्टराईले पनि अब राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने कुरा टुइट गरेका छन् । यस्ता खेल सत्तारुढ दलभित्रै हुन थालेको छ । सत्ता बनाउने र गिराउने खेल घिनलाग्दो खेल हो । यस्ता खेलप्रति दलहरू नलागून् भन्ने हाम्रो सुझाबमात्र हो तर हाम्रो सुझाब उनीहरू मान्दैनन् । सत्ता परिवर्तन देशको हितमा छैन । देशको हित गर्ने हो भने सबै मिलेर विकास निर्माणको काममा जुट्नुपर्छ ।
दलहरूको आन्दोलन कुर्सीका लागि हो । विगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवनशैलीमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरूले दिनुपर्छ । वर्तमान समस्याको समाधान दलहरूले खोज्नुपर्छ । सरकार जनताप्रति उत्तरदायी हुन जरुरी छ । देश आर्थिक संकटले ग्रसित भएको अवस्था छ । नेपाली जनता कसरी आफ्नो जीविकोपार्जन गर्ने भन्ने चिन्तामा छन् । सरकारलाई जनताको अवस्थाबारे बुझ्ने फुर्सद छैन । यतिबेला नेपालको राजनीतिक अवस्था अस्थिर छ । त्यसैले भारत, चीन, अमेरिकाजस्ता राष्ट्रले आफू अनुकूल राजनीतिक वातावरण बनाउन सक्रिय रहेको देखिन्छ ।
युवापुस्ताहरूको राजनीतिप्रति नै वितृष्णा पलाएको छ । राजनीति भनेको देश र जनताको हक-अधिकारका लागि हुनुपर्छ तर देशमा नेताहरूले सत्तास्वार्थको लागिमात्र राजनीति गरे । जसका कारण राजनीति फोहोरी खेलमा परिणत भयो । राजनीतिमा मौलाएको विकृति, विसंगतिलाई नहटाएसम्म देश बनाउन सकिँदैन । आम-युवापुस्तालाई राजनीतिप्रति उत्साह जगाउन पुराना पुस्ताका नेताहरूमा सुधार आउन जरुरी छ । अहिले नेपाली जनता अन्यौलमा छन् । नेताहरूले जति चर्का कुरा गरे पनि मुलुक बन्न सकिरहेको छैन । त्यसैले अब युवापुस्तालाई सत्ता सञ्चालन गर्ने अवसर दिनुपर्छ । देशमा भ्रष्टाचार बढिरहेको छ । जबसम्म देशमा निःस्वार्थ भावनाका नेता तथा कर्मचारी हुँदैनन् तबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन ।
अब देशलाई दूरदर्शी र विकासप्रेमी नेताको आवश्यकता छ । पार्टीहरूमा गुटबन्दीको राजनीति चलेको छ । यतिबेला नेपालको राजनीति त्यति सही ढंगले अघि बढ्न सकेको छैन । सत्तारुढ दलभित्र विवाद छ । मुलुकको सबैभन्दा ठूलो दल कांग्रेस सत्तामा बसेर रमिते मात्र बनेको छ । कांग्रेस रमितेमात्र बनेर बस्ने हो भने लोकतन्त्र खतरामा पर्छ । सत्तास्वार्थको लडाइँले मुलुकलाई निकास दिँदैन । शक्ति र सत्ताको आडमा आफूलाई जे मन लाग्यो त्यो गर्न कसैलाई छुट छैन । यतिबेला उद्योग-व्यवसाय, व्यापार, कृषि, पर्यटन, जलस्रोतजस्ता कुनै क्षेत्र सफल हुन सकेका छैनन् ।
अब सरकारले दूरगामी नीति लिनु आवश्यक छ । यो सरकारको काम र कर्तव्य हो । राजनीतिको लगाम सधैं सीमित मानिसको स्वार्थको घेरामा रहृयो । जसले गर्दा देशको विकास हुन सकेको छैन । दलहरू एक आपसमा झगडा गर्छन् । समाधान खोज्नेतिर कोही लाग्दैनन् । कुनै पनि दलहरू आफ्ना घोषित सिद्धान्त त्यागेर संकीर्णताको बाटोमा हिँड्नु हुँदैन । आफ्ना घोषित सिद्धान्त त्यागेर हिँडे जनताले साथ नदिन सक्छन् । अर्कातिर देशको शासनमा बसेकाहरू आपसी मेलमिलापको सट्टा विवाद र मनमुटावको बाटोमा लागेका छन् । नेपालको राजनीतिमा विवाद र झगडा नौलो कुरा होइन ।
यस्तो बेला बेलामा भइरहन्छ । नीति, सिद्धान्त, विचार नमिल्ने पार्टीहरूलाई मिलाएर सरकार बनाइएको छ । सरकारभित्र खट्पट छ नै । सत्ता स्वार्थका लागि दलहरू जे पनि गर्न तयार हुन्छन । यो त इतिहासदेखि भोग्दै र पढ्दै आएको कुरा हो । यसरी त जनताले कसरी विश्वास गर्ने ? झुक्याउने, छक्याउने पनि त सीमा हुन्छ नि ! अब जनता भ्रममा पदैनन् । यो कुरा नेताहरूले बुझे हुन्छ । मुलुक बनाउन नेतृत्वमा इमानदारी चाहिन्छ । समृद्धि, लोकतन्त्र र समाजवादका कुरा धेरै भए । व्यवहारमा लैजाने कुरामा कम्युनिष्टहरू चुक्दै आएका छन् । समाजवादी भनिएका कतिपय देश बजारभक्त नवपुँजीवादीमा परिणत भएका छन् भने केही भने पूर्णतया अपारदर्शी एकदलीय तानाशाहीमा समेत परिणत भएका छन् ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चा गठनका लागि ठूलो पहल गरेको देखिन्छ । संसद्मा बलियो शक्तिका रूपमा रहन मोर्चा निर्माण गरेको हुनुपर्छ । सबै वामशक्तिलाई एकताको सूत्रमा बाँध्न नसक्ने यो मोर्चाको कुनै अर्थ छैन ।
वर्तमान संविधानले नै ‘समाजवादउन्मुख’ भनेकाले यति महत्वपूर्ण चिन्तन गर्ने अवसर हामी नेपालीलाई मिलेको छ । समाजवादबारेको छलफल अझै गहिराइमा पुग्न सकेको छैन । समाजवादी मोर्चा बनाएरहुँदैन, चरित्र निर्माणको मार्गचित्र बनाउन सक्नुपर्छ । समाजवादका कुरा गरिन्छ तर कार्ययोजनामा ठोस प्रष्टता र निश्चित योजनासमेत छैन । यसरी समाजवादी यात्रामा जान सकिँदैन । कारण जनताले यो विषय पत्याउन र विश्वास गर्न सकेनन् । यो सत्ता टिकाउने दाउ हो भन्ने कुरा जनताले राम्रोसँग बुझेर बसेका छन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चा गठनका लागि ठूलो पहल गरेको देखिन्छ ।
संसद्मा बलियो शक्तिका रूपमा रहन मोर्चा निर्माण गरेको हुनुपर्छ । सबै वामशक्तिलाई एकताको सूत्रमा बाँध्न नसक्ने यो मोर्चाको कुनै अर्थ छैन । नेपालमा लगभग दुई दर्जन वाम पार्टी छन् । वामशक्तिहरूको अवस्था दिनदिनै दयनीय बन्दैछ । लामो समयदेखि कम्युनिष्टहरू चोइटिएर बसेका छन् र कहिले जोडिएर बस्ने पनि गर्दछन् । यिनीहरूको विश्वास गर्ने कुनै भरपर्दो आधार अझै देखिएको छैन । नेपाली राजनीतिमा कम्युनिष्ट ओरालो लाग्दैछन् । सबै कम्युनिष्ट मिले भने देशको ठूलो शक्ति बन्न सक्छ । आफूलाई ठूलो भन्ने कम्युनिष्ट पार्टीले लोकप्रियता निरन्तर गुमाउँदैछ ।
समाजवादी मोर्चा बनाएर हुने केही होइन । नागरिक अलमल्याउने खेल केही हदसम्म हुनसक्छ । अरू केही हुँदैन । नेताहरूको सोच, चरित्र र आचरणमा स्खलन भइसकेको छ । समाजवादी भनिने अधिकांश नेताको जीवन तथा आचरण समाजवादी चरित्र अनुरूप छैन । हिजो आफूलाई सर्वहाराका नेता भन्ने नेताहरूको आज शहरका विभिन्न ठाउँमा जग्गा, जमिन, घर बनिसकेका छन् । जनतालाई भ्रम छरेर हिँड्नेहरू आज मुख छोपेर हिँडने भएका छन् । नेताहरूको विलासी जीवन भनिसाध्य छैन ।
कम्युनिष्टका नेताहरू महँगा गाडी र हेलिकप्टरमा सवार हुन्छन् । अधिकांश कम्युनिष्ट नेता व्यापारीभन्दा धनी छन् । उनीहरूको जीवनशैली नै भड्किलो छ । कम्युनिष्टका नेताहरू परिवारवादभित्रको घेरामा छन् । उनीहरू त्यो घेरा टोड्न अझै सकिरहेका छैनन् । उनीहरू आफ्नो र परिवार बनाउन कम्मर कसेर लागेका छन् । देश बनाउन होइन, आफूबन्नमात्र उनीहरूको ध्यान केन्द्रित छ । संसारभरबाट कम्युनिष्टहरू पतन हुँदैजानुको कारण यही हुनसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच