रास्वपा सत्ता फेरबदलको दौडमा छैन : सभापति लामिछाने

सागर ढकाल रास्वपा भन्दा बाहिर नरहेको दाबी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताउनु भएको छ ।

धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग लामिछानेले सत्ता परीवर्तनको चर्चा बाहिर धेरै रहेपनि रास्वपा त्यसको पक्षमा नरहेको बताउनु भयो ।
पूर्व गृहमन्त्रीसमेत रहनभएका लामिछानेले अहिले रास्वपा वडा स्तरसम्म संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गर्नुभयो । सत्ता फेरबदल हुने चर्चा चलेको कुरा आफूले पनि सुनेको बताउँदै उहाँले रास्वपा अहिले संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा नरहेको बताउनु भयो ।

सत्ता फेरबदलबारे सुनेपनि आफु कुनै बैठकमा नगएको बताउँदै उहाँले मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने बताउनु भयो ।

अहिले सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप उहाँले लगाउनु भयो । अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उहाँले बताउनु भयो ।

सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटलाई सत्ता र प्रतिपक्ष दुबैले बिरोध गरेको बताउँदै उहाले सरकारले ल्याएको बजेट साना व्यवसायी, लघुुवित्त पीडित, दैनिक जिविको चलाउने नागरीक कसैको पक्षमा नरहेको बताउनु भयो । उहाँले सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर सच्याउनुपर्ने बताउनु भयो ।

धनगढी विमानस्थलमा पत्रकारले सागर ढकाललाई भित्र्याउने तयारीमा हो ? भन्दै राखेको जिज्ञाशामा रास्वपाका सभापति लामिछानेले सागर ढकाल आफ्नो पार्टी भन्दा बाहिर नरहेको दाबी गर्नु भएको छ । गत मंसिरमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकाल रास्वपा भन्दा बाहिर नरहेको दाबी गर्नु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?