सिन्धुलीमा माइक्रो दुर्घटना : तीन जना घाइते, एकको अवस्था गम्भीर

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुली । सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि हिँडेको ना१ज ८८८७ नम्बरको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खोज चोकमा मंगलबार दिउँसो दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा गणेशनाथ चारनाथ नगरपालिका ५ धनुषाका ३८ वर्षीया सितादेवी साफी, सोही ठाउँका वर्ष ३५ वर्षीय हरिदेव साफी र २१ वर्षीय शिव कुमार साफी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सितादेवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । घाइतेको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रोमा १२ जना सवार रहेकोमा अन्यको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?