‘गोल्डेनहर्स इन्टरनेशनल अवार्ड’को पहिलो संस्करण सम्पन्न

Read Time = 7 mins

काठमाडौं । गोल्डेनहर्स फिल्मस् प्रा.लि.को आयोजनामा पहिलो संस्करणको ‘गोल्डेनहर्स इन्टरनेशनल अवार्ड-२०२२’ सम्पन्न भएको छ । ‘राष्ट्रको विकास र समृद्धिमा योगदान-भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान’ भन्ने मूल नाराका साथ मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी विभिन्न क्षेत्रका सर्जकलाई अवार्ड वितरण गरिएको हो ।

नेपाली कला, संस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको प्रवद्र्धन तथा यस क्षेत्रसँग सम्बन्धित कलाकर्मीको प्रोत्साहनका लागि अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रका मूर्धन्य तीन विशिष्ठ चलचित्रकर्मी अर्थात् त्रिदेवी भुवन चन्द, चैत्यदेवी सिंह तथा वसुन्धरा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सभापतित्व गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक अच्युत बजगाईंले गर्नु भएको थियो भने कार्यक्रम निर्देशक वरिष्ठ चलचित्र सम्पादक वनिश शाह तथा कार्यक्रम संयोजक गीतकार तथा चलचित्रकर्मी गणेश सुवेदी हुनुहुन्थ्यो ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न समारोहमा अवार्ड प्राप्त गर्ने चलचित्र विधामा अभिनेत्री मिथिला शर्मा-‘कठपुतली’, अभिनेता सौगात मल्ल-‘लप्पनछप्पन २’, छांयाकार पुरुषोत्तम प्रधान-‘चपली हाईट ३’, सम्पादक मिलन श्रेष्ठ-‘लप्पनछप्पन २’, कथामा सम्पदा मल्ल-‘कठपुतली’, निर्देशकमा सुर्दशन थापा-‘म यस्तो गीत गाउँछु २’ र चलचित्र ‘कठपुतली’-पृथ्वी राणा प्रोडक्शन रहनुभएको छ ।
त्यसैगरी गीतसंगीतअन्र्तगत लोकगीततर्फ लोकगायिका शान्तिश्री परियार-‘चौकादाउ’, लोकगायक खेम सेञ्चुरी-‘मन परेको मान्छे’, संगीतकार श्रीकृष्ण बम मल्ल-‘डाँडाँघरे साईंली’, गीतकार कस्तुप पन्त-‘डालीको फूल’, महिला मोडल अञ्जली अधिकारी-‘हातैका पौजाले’, पुरुष मोडल विमल अधिकारी-‘दोधारैमा परेको छु’, छायाँकार राजेश घिमिरे–‘तिम्रो एकै नजर’, सम्पादक प्रवीण भट्ट-‘पीर’ र म्युजिक भिडियो निर्देशक स्मृति तिमल्सिना (गुरुआमा)-‘मुटु बैना’ रहनुभएको छ ।

यस्तै, आधुनिक गीततर्फ मिलन नेवार-‘फूलबुट्टे सारी’, शिव परियार-‘आँशुको अर्थ ३’, संगीतकार राजनराज शिवाकोटी-‘फूलबुट्टे सारी’, गीतकार गोविन्द भट्ट ‘गाउँले ठिटो’, महिला मोडल शिल्पा पोखरेल-‘भूपूमाया २’, पुरुष मोडल पुष्प खड्का-‘कति राम्री’, छायाँकार उत्सव दाहाल-‘तिमीले दिएको गलबन्दी’, सम्पादक विकास दाहाल-‘सुनैको दरबार’ र म्युजिक भिडियो निर्देशक राजेश पुमा राई-‘फूलबुट्टे सारी’ रहनुभएको छ ।

अवार्डका लागि चलचित्र विधातर्फका निर्णायक समिति सदस्यहरूमा संयोजक मोहन निरौला तथा सदस्य करूण थापा र उदय सुव्बा रहनु भएको थियो भने गीतसंगीत विधातर्फका संयोजक बाबुराजा केसी (उज्ज्वल) तथा सदस्यहरू रामेश्वर बुर्लाकोटी, प्रकाश भट्ट, देवेन्द्र पाण्डे र लीलाधर भट्टराई (लिगेश) रहनु भएकोथियो ।

सो अवसरमा समाज तथा राष्ट्रका लागि विभिन्न क्षेत्रमार्फत विशिष्ट योगदान गर्नुहुने व्यक्तित्वलाई सम्मानित गरिएको थियो । सामाजिक सेवातर्फ मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबा, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, विशिष्ठ शिक्षासेवी शेषकान्त पराजुली, अस्तित्व व्यवस्थापनशास्त्रका प्रणेता डि.पी. आत्रेय, वरिष्ठ सञ्चारकर्मी निर्जला कक्षपति, समाजसेवी तथा कलाकार रामेश्वर केसी, दन्तप्रविधि विज्ञ दुर्गा भुसाल, कृषि अवार्ड आयोजक तथा सञ्चारकर्मी शेखर खनाल, पर्यटन व्यावसायी तथा चलचित्र निर्माता विनोद सापकोटा, पर्यटन व्यावसायी तथा समासेवी रामप्रसाद वञ्जरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय धनुषा प्रमुख युगल किशोर तिवारी तथा समासेवी तथा सञ्चालक पाटन प्याथ ल्याव वृन्दा शाही देशार रहनुभएको छ ।

त्यसैगरी चलचित्र विधामार्फत विशेष योगदान गर्नुहुने व्यक्तित्वमा विशिष्ठ चलचित्रकर्मी मुकुन्द थापा, उत्तम केसी, पुकार भट्टराई, पवन केसी, मुकुन्द मैनाली, काजी लिम्बू, अमर वली, रामशरण कोइराला, सविना कार्की, गोपाल ढकाल ‘छन्दे’, उषा खनाल, सौरभ लामा, शाहिल खान, रेनिश फागोलगायत हुनुहुन्छ । यसका साथै गीतसंगीत विधामार्फत योगदान गर्नुहुने व्यक्तित्व शंकर बिसी, अष्ट लामा, रमा थापा, जितेन तामाङ लामा, रामकुमार नेपाली, अमृत भारतीका साथै फोटोग्राफर युनिक पौडेल, महम्मद जलिम र केशव पाण्डेलगायत रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?