‘लुकी छिपी’ भन्दै हरि

Read Time = 1 min

काठमाडौं । गीतकार हरि उप्रेतिको नयाँ गीत ‘लुकी छिपी’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठ र तृप्ती खडका गुरुको स्वर, तृप्तीकै संगीत र आकाश नेपालीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजय गुरुङको निर्देशन रहेको गीतको भिडियोमा विजय र स्मारिका ढकालको अभिनय छ । राजारामको कोरियोग्राफ रहेको भिडियोमा प्रकाश खडकाको छायांकन छ । भिडियो हरि उप्रेतिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हरि उप्रेती नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । उहाँको गजलसंग्रह ‘गुनासो’ पनि पाठकमाझ आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?