सभामुखसहितको बहुमत जुटाउँदै कोशीमा नेपाली कांग्रेसका थापाको मुख्यमन्त्रीमा दाबी पेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सभामुख बाबुराम गौतमको पनि नाम समावेश गरेर कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले दाबी पेश गर्नुभएको छ ।

कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले बिहीबार अपरान्ह प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

थापाले कांग्रेसका २९ , माओवादी केन्द्रका सभामुखसहित १३ , नेकपा एकीकृत समाजवादीका ४, जनता समाजवादी पार्टीका १ जनाको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गर्नुभएको हो ।

यहाँ गठबन्धनसँग सभामुखसहित ४७ जना सांसद छन् । यता एमाले–राप्रपासँग पनि ४६ नै सांसद छन् । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्‍याइएको हो ।

प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार साँझ पाँच बजेसम्मको समय दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?