अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ बाँडफाँट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत् कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपिओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकामा २ हजार ३९९ जनाको आवेदन रद्द भएको  छ ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता सेयर आइपिओमध्ये ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, अप्पर स्याङ्गे हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपिओ रिजल्ट हेर्न बनाएको वेबसाइट  बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?