पुतलीबजारमा कृषि उपज संकलन केन्द्र तथा सामुदायिक वीउ बैंकको शुभारम्भ

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका-१ स्थित मालेबगरमा कृषि उपज संकलन केन्द्र तथा सामुदायिक वीउ बैकको आज शुभारम्भ गरिएको छ ।

केन्द्र र बैंकको एक कार्यक्रमका बीच पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी र  संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) का गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले संयुक्त रुपमा गमलामा कुरिलो रोपेर समुद्घाटन गर्नुभएको हो ।

पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थिक तथा प्राविधिक सहयोग एंव सूर्योदय क्लब, स्याङ्जाको व्यवस्थापनमा संचालित हरित पुर्नउत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रमको सहयोग र सहजीकरणमा स्थापित केन्द्र र बीउ बैंकको पुतलीबजार बहुउदेश्यीय विकास केन्द्रले संचालनमा ल्याएको हो ।

संकलन केन्द्र र बीउ बैंकको उद्घाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले कृषकका उत्पादनलाई बजारमा पहुँच बिस्तार गर्न स्थापित संकलन केन्द्र र वीउ बैंकको समुचित उपयोग गर्न अनुरोध गर्नुभयो । प्रमुख रेग्मीले बाँदर समस्यालगायत कृषकका समस्याहरुलाई क्रमशः समाधान गर्दै कृषकका उत्पादित बस्तुको बजारको ग्यारेन्टी गर्ने बताउनुभयो। रैथाने बालीको पहिचान र संरक्षण गर्न बिउ बैंकको स्थापनाको अवधारणा ल्याइएको बताउँदै यसको उपयोग र कृषकलाई उचित सेवा प्रदान गर्न प्रमुख रेग्मीको अनुरोध थियो ।

कार्यक्रममा मन्तव्य राख्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम गण्डकी-लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले रासायनिक बिषादीको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पारेको बताउँदै, सचेतनाको माध्यमबाट यसको न्यूनीकरण संस्थाले सहजीकरण गर्नुपर्ने बताउनुभयो । प्रमुख अर्यालले स्वस्थ समाज निर्माणका लागि जैविक खेती प्रणाली अवलम्बन गर्नुको विकल्प नरहेको बताउँदै यसमा आवश्यक समन्वय गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याङजाका प्रमुख माधव लम्साल, सूर्योदय क्लवका सचिव रमेश गोदार, पिपलडाडा कृषि सहकारीका अध्यक्ष दुर्गा काफ्ले, किसान ज्ञानेन्द्र ढकाल र बृहस्पति अर्याललगायतले संकलन केन्द्र र बीउ बैंकको उद्देश्य अनुसार संचालन गर्न संस्थालाई र लाभ लिन नगरबासीलाई अनुरोध गरेका थिए ।

पुतलीबजार बहुउदेश्यीय विकास केन्द्रका अध्यक्ष बिष्णुप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष भूमिजंग के.सी. र कार्यक्रमको संचालन सचिव गुरुप्रसाद ढकालले गर्नुभएको थियो ।

केन्द्रले किसान कै घरघरमा साधन मार्फत् र सिधै केन्द्रमा कृषि उपजको संकलन एंव विक्री र स्थानीय तथा रैथानी बीउको संरक्षण र प्रबर्द्धन गर्ने कोषाध्यक्ष भूमिजंग के.सी.ले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?