सामसुङको दशैं-तिहार अफर

Read Time = 3 mins

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसुङले विशेष २०७९ को दशैं-तिहार अफरअन्तर्गत ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको छ । जसमा निःशुल्क इन्स्टलेसनलगायतका आफूले छनोट गरेका उत्पादन खरिदमा ३० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । कात्तिक २९ गतेसम्म चल्ने अफरमा टिभी, रेफ्रिजेरेटर वा वासिङ मेसिन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसुङ रेफ्रिजेरेटर खरिदमा २५ प्रतिशतसम्म र ब्राण्ड न्यु सामसुङ वासिङ मेसिन खरिदमा २२ प्रतिशतसम्म छुट हुने बताइएको छ । प्रिमियम रेन्जका टिभी सेटमध्ये सामसुङ क्रिस्टल फोर के युएचडी टिभी रहेका छन् । ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभी खरिदमा १५ प्रतिशतसम्म क्यासब्याकका साथमा निःशुल्क साउण्डबार पाउन सकिनेछ । सामसुङ फ्रेम टिभी पनि निःशुल्क साउण्डबारसाथमा १८ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ । शतप्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्युएलइडी टिभीका हरेक मोडलमा निःशुल्क साउण्डबार साथमा १९ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै, फाइभ इन वान कन्भर्टिबल रेफ्रिजेरेटरमा तीन सय ४५ लिटर क्षमताका मोडलदेखि पाँच सय ५१ लिटरसम्मका मोडलमा रेफ्रिजेरेटर लाइनअपको कुनै पनि रेन्ज खरिदमा २५ प्रतिशतसम्म लाभ लिन सकिनेछ ।

एआई इकोबल वासर ड्रायरको आठ केजी तथा १२ केजी भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीसहित उपलब्ध रहेको छ भने आठ केजी तथा नौ केजी क्षमताको हाइजिन स्टिमसाथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ । टिभीमा एक वर्ष वारेन्टी र थप एक वर्ष वारेन्टी प्यानलमा रहेको छ । डिआइटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसीमा १० वर्ष, डिआइटी मोटर (वासिङ मेसिन) मा १० वर्ष वारेन्टी रहेको छ । अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कअन्तर्गत नेपालभर उपलब्ध हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?