बजारमूल्य आकाशियो

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । डडेल्धुरा जिल्लाको मुख्य बजार सदरमुकाममा दैनिक उपभोग्य वस्तुको मूल्य एकाएक आकाशिएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटलगत्तै कृषिजन्य घरेलु स्थानीय उत्पादन तथा किरानालगायतको बजार भाउले निर्माण सामग्री, लुगाकपडा, भाँडाबर्तनसहित अन्य वस्तुमा समेत असर परेको स्थानीय बताउँछन् । एकातिर वर्षातसँगै बजारमा आउने ताजा तरकारी आलु, टमाटर, बैगुन, भँेडे खुर्सानी, प्याज र हरियो तरकारीको उत्पादन प्रभावित भएपछि तरकारीको मूल्यवृद्धि भएको छ भने अर्कोतिर सदरमुकाममा सडक विस्तारका नाममा भइरहेको तोडफोडले पनि मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

बजारमा चामल ५० प्रतिशत र चिनी, दलहनलगायत अन्य दैनिक उपभोग्य वस्तु १५ देखि २५ प्रतिशतले वृद्धि भए पनि नियमनकारी निकायले अनुगमन तथा नियन्त्रणमा चासो नदिएको बताइएको छ । बजारमा दुई महिनाअघि प्रतिकेजी ४० रुपैयाँमा पाइने मोटा चामल अहिले ६०, ६० मा पाइने मसिनो चामल ७५ र ९० मा पाइने चिनी एक सय १० रुपैयाँसम्म पुगेको छ । दलहनमा १५ प्रतिशत र तरकारीमा तेब्बर मूल्य बढेको छ । खानेतेललगायत अन्य किरानामा पनि मूल्यवृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

हरेक वर्षको बजेट भाषणसँगै बिनाकारण नै मूल्य बढ्ने गरेको छ । उत्पादक उद्योग, ठूला व्यापारी तथा बिचौलियाका कारण अस्वाभाविकरूपले मूल्यवृद्धि हुने गरेको मात्र नभई वस्तुको फरक-फरक मूल्य राखेर बिलिङ पनि गर्ने गरेको व्यवसायीको भनाइ छ । तरकारी उत्पादनमा सुदूरपश्चिमको अग्रणी मानिने डडेल्धुरा जिल्लामा सबैभन्दा बढी ताजा तरकारी र दैनिक उपभोग्य वस्तु महँगिएपछि कम आम्दानी भएका गरिब, विपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने वर्गका जनता सबैभन्दा बढी मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?