विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

मंगलवार पार्टी निकट बौद्धिक पेशकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानी कर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताउनु भयो ।

उहाँले विदेशीहरु नेपालमा लगानी गर्न इच्छुक भएपनि कानूनी व्यवधानहरुल समस्यामा पार्ने गरेको बताउनु भयो । उहाँले न्यायालय निष्पक्ष हुन नसकेको बताउनु भयो । उहाँले ७३ प्रतिशत भन्दा बढी बजेट तलव, भत्ता, ऋण तिर्न र यात्रामा खर्दैमा सकिने भन्दै यस हिसावले मा कुनैपनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लगानीलाई कसरी देशमा ल्याउने हो ? त्यो प्राथमिकतामा राख्नुपर्छ । म उपप्रधानमन्त्री हुँदा धेरै लगानीकर्तासँग कुरा भएको थियो । भारत, अमेरिका लगायत अन्य देशमा पनि । उनीहरु लगानी गर्न चाहन्छ, तर यहाँको प्रशासनिक झन्झट जुन छ, एउटा फाइल यहाँबाट त्यहाँ दिनुपर्ने, त्यहाँबाट सार्दा त्यहाँ । कानूनको अस्थिरता, न्यायालयमा विश्वास छैन । न्यायालय निष्पक्ष हुन नसकेकाले कोही पनि न्यायलय आउन चाहँदैन । त्यो वातावरण अन्त्य गर्नुपर्छ । अहिले ७३ प्रतिशत भन्दा बढी बजेट त तलव, भत्ता, ऋण तिर्न, यात्रामा खर्च सकिन्छ । त्यसको आधारमा कुनैपनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही होइन, त्यसैले नीति परिवर्तन गर्नुपर्छ ।’

अध्यक्ष यादवले नेपालको प्राकृतिक श्रोतको प्रयोग गर्नसके नेपाल समृद्ध मुलुक बन्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?