विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

फाइल तस्बिर

रासस
Read Time = 1 min

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी-५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल र सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?