‘साहित्य-सौरभ’ विमोचन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, नेपाली संस्कृति संरक्षण तथा संवर्धन समितिद्वारा प्रकाशित साहित्यिक कृति ‘साहित्य-सौरभ’ को जुम कार्यक्रमका माध्यमबाट विमोचन गरिएको छ ।

आचार्य पीपलमणि सिग्देलको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि शहरी विकास मन्त्री माननीय सीता गुरुङ तथा विशिष्ट अतिथि हाउस अफ जनरल असेम्बली डेलिगेट मेरिल्याण्ड राज्य अमेरिकाका माननीय डा.हृयारी भण्डारीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो ।

समितिका संरक्षक एवं अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले दीप प्रज्वलन गरी प्रारम्भ भएको कार्यक्रममा प्रधान सम्पादक राजेन्द्रप्रसाद अर्यालले स्वागत मन्तव्यका साथ विषय प्रवेश गराउनुभएको थियो । प्रमुख अतिथि मन्त्री गुरुङले परदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको प्रबद्र्धनमा निरन्तर क्रियाशील एनआरएनए अमेरिकालाई बधाई र धन्यवाद दिँदै नेपाल राष्ट्रको सर्वतोमुखी विकासमा हातेमालो गर्न सबैसँग आग्रह गर्नुभयो ।

अर्का वक्ता कार्यक्रमका विशिष्ट अतिथि डेलिगेट माननीय डा.हृयारी भण्डारीले मन्तव्यका क्रममा अमेरिकाको मेरिल्याण्ड राज्यलगायत अन्य केही राज्यहरूमा नेपाली भाषामा पनि ड्राइभिङ परीक्षा दिन पाइने भएकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँको राज्य मेरिल्याण्डले नेपालीहरूको ठूलो पर्व दशैँमा बिदा दिने बिल पास गरेको र स्कुलहरूमा नेपाली संस्कृतिको पनि पढाइ सुरु हुन थालेको विषय जानकारी दिनुभयो ।

समारोहमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, समितिका संरक्षक सर्वज्ञ वाग्ले, अनेसासका अध्यक्ष गोवर्धन पूजा, बिओटिका सभापति पदम विश्वकर्मा, समीक्षक डा.छत्रपति दाहाल, साहित्यकार निलम कार्की नीहारिका, साहित्यकार एवं फ्रेन्च भाषाविज्ञ हरिहर अर्याल, समाजसेवी परशुराम भण्डारीलगायत वक्ताले धारणा राख्नुभएको थियो ।

सम्पादक आचार्य चूडामणि पाठकले मंगलाचरण गरी प्रारम्भ भएको कार्यक्रममा सम्पादक कोमल भट्ट र प्रकाश पाण्डेले शुभकामना कविता सुनाउनुभएको थियो । सम्पादकहरू कृष्ण गिरी र गीता बजगाईले सञ्चालन गर्नुभएको समारोहमा साहित्यकारहरू सुदीपभद्र खनाल, उर्मिला निर्दोषी, मोहन सिटौला, अग्नि पराजुली, मेनका पराजुली, रेवतीराज अधिकारीलगायतले विचार राख्नुभएको थियो ।

सो कार्यक्रममा एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर विश्वराज बास्तोला, साहित्यकारहरू वसन्त श्रेष्ठ, डा.ऋषि बस्ताकोटी, तीर्थ अधिकारी, अर्जुन पराजुली, डा.बद्री पोख्रेल, प्राडा. नवराज कट्टेल, मनोजमणि आचार्य, रीतादेवी प्रधान, उपप्रा.टेकनाथ दाहाल, सम्पादक डा.नीरजमान श्रेष्ठ, गोविन्द श्रेष्ठ, गौतम दाहाल, गोविन्द गिरी प्रेरणा, शरद ढकाल, राजु कोइराला, सरोज अर्याल, आविष्कार भारती, पूर्ण श्रेष्ठ, अयोध्या बाटाजु, लेखनाथ काफ्ले, खिमान्द पोख्रेल, अभिमन पसछे, अर्चना धाख्वा, दीपक थापा, युवराज पोख्रेल, सुरेन उप्रेती, अर्जुन मैनाली, गोविन्द श्रेष्ठलगायत अतिथिको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?