पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उहाँको गतराति विराटनगरको विराट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।

बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको छ । त्यसपछि शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए। यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए ।

उहाँ विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएकाे थियाे । विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश  गर्नुभएका उहाँ पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि पर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?