बैतडीबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना : १८ जना घाइते, ६ जना गम्भीर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ।

पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस दुर्घटना हुँदा करिब १८ जना घाइते भएको बैतडी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?